काठमाडौं । जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा निरोगी देखि वृद्वा र बालबालिकाहरुलाई असर पर्ने गरेको छ । त्यसमा सामान्य रुघा, खोकी र ज्वरो आउँदा खेरी अधिकांश सर्वसाधारणहरु स्वास्थ्य परीक्षण र औषधिको लागि हस्पिटल नगएर स्थानीय तहमा खोलिएका फार्मेसीहरुमा गएर स्वास्थ्य जाँच नगरी मौखिक रुपमा मेडिकल, सञ्चलकसँग समान्य कुराकानी गरी एन्टीबायोटीक खाने र बालबालिकाहरुलाई पनि खुवाउने गरेका छन् । एन्टीबायोटिकको बारेमा अधिकांश सर्वसाधरणहरुलाई जानकारी नहुँदा एन्टीबायोटिकबाट हुने हानिकारको बारेमा अधिकांश मानिसहरु अनविज्ञ नै छन् ।
त्यसले गर्दा पनि अधिकांश मानिसहरु एन्टीबायोटिक प्रयोगबाट विश्वभरी ३० लाखभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिकहरुको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा पनि एन्टीबायोटिक प्रयोग गर्नेहरु त्यत्तिकै छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यतातिर ध्यान दिएको छैन । त्यो सँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व बैंकको फरक–फरक तथ्यांकलाई अनुसन्धान गर्दा यसमा अफ्रिका र दक्षिण पूर्वी एसियाका बालबालिका बढी प्रभावित भएकोे देखिएको छ ।
विश्वकै जनसंख्याले सबैभन्दा बढी चुनौतीको विषय आफ्नो स्वास्थ्यलाई लिएका छन् । विश्वका देशहरुमा समेत बिरामीहुँदा कुन बिरामीलाई कुन औषधी खुवाउने, कुन नखुवाउने भन्नेसम्मको हेकका विकासीत देशहरुले पनि राख्न सकेका छैनन् भने नेपालका स्वास्थ्यकर्मीहरुले कसरी राखुन् । नेपालका स्वास्थ्यकर्मीहरु भाग्य भरोसामा चल्ने रैछन् भन्ने कुरा प्रष्ट देखिन्छ । किनकी विश्वका विकसीत देशहरुमा एन्टीबायोटिक प्रयोगबाट लाखौं बालबालिका सहित मानिसको ज्यान गएको छ, भने नेपालमा एन्टीबायोटिक खानेहरुको त कुरै नगरौं ।
कतिपय मेडिकल व्यवसायहरुले नाफा धेरै आर्जन गर्ने नाममा एन्टीबायोटिक प्रयोग गर्न लगाएर मेडिकल माफियाहरुले जनस्वास्थ्य माथि खेलवाड गरिरहेका छन् । खेलवाड मात्रै गरेका छैनन् । नेपालमा उत्पादन गरेको औषधी बजारमा न लगेर विदेशबाट खरिद गरि क्वालीटि हिन एन्टीबायोटिक देखि विभिन्न औषधीहरु बिक्रि, बितरण हुने गरेको छ । कतिपय औषधीहरुको रियाक्शनले गर्दा अकालमै मानिसहरुको मृत्यु हुने गरेको घटनाहरु समाचार माध्याममा सुन्न र पढ्न पाइन्छ । तर, नेपालको स्वास्थ्य क्षेत्र भने दिनप्रति स्वास्थ्य माफियाको जालमा फसिरहेको छ ।
स्वास्थ्य माफियाको जालमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु पनि औषधि माफियाहरुसँग मिलेमतो गरी कमाउ धन्दा चलाएका छन् । कयतिपय औषधी माफियाहरुले औषधि बिक्री, बितरणको लागि सम्बन्धीत अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकसँग आफ्नो कम्पनीको औषधिको बिक्रि, बितरण गर्नको लागि डक्टर र चिकित्सकहरुलाई आग्रह गर्छन् र डक्टर र चिकित्सकले पनि सो औषधी प्रयोग गरिदिनको लागि मेडिकल र फार्मेसीहरुलाई सिफारीस दिने र चिकित्सकहरुले औषधि बिक्रि, वितरणको लागि सिफारीस गरिदिए बापत त्यसको कमिसन चिकित्सकहरुको हातमा पुग्ने गरेको श्रोतको भनाइ छ । त्यो सँगै मेडिकल माफियाहरुले औषधि बिक्रि, गरिदिए बापत माफियाहरुले चिकित्सक र डक्टरहरुलाई कमिसन दिने गरेको छ । त्यसले गर्दापनि मेडिकल पसलहरुमा एन्टीबायोटिक र गुणस्तरहिन दबाईहरु बिक्रि, बितरण हुने गरेको छ ।
सरकार र सम्बन्धित निकायले न त अनुगमन गर्न सकेको छ , न त कारवाही नै उल्टै स्वास्थ्य जनसंख्या मन्त्रालय तिनै मेडिकल माफिया र औषधि कम्पनिहरुसँग मिलेमतो गरी आफ्नो रोजीरोटी चलाइ राखेका छन् । ज्वरो, रुघा, खोकी आउने बित्तिकै त्यसलाई सामान्य ठानेर बिना चेक, जाँचको औषधि खुवाउने प्रवृत्तिले गर्दा शरीरले पचाउन सक्ने क्षमताको विकास हुँदै जाँदा पछि एन्टीबायोटिकको मात्रा बढाउनु पर्ने हुन्छ । जति एन्टीबायोटिकको मात्रा बढ्दै गयोे बिरामीको लिबर, मुटु जस्ता अङ्गमा नराम्रो असर पर्ने भएकोले अहिले वैज्ञानिकहरुले एन्टीबायोटिकको मात्राले चिन्ता बढाएको उल्लेख गर्दै आएका छन् ।
विज्ञहरूले बालबालिकामा एएमआरसम्बन्धी संक्रमण मात्र तीन वर्षको अन्तरालमा १० गुणाले बढेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । जब माइक्रोब्स एन्टीबायोटिक औषधिले असर नगर्ने गरी विकासित भएर संक्रमण गर्छन्, यो अवस्थालाई एन्टीमाइक्रोबियल रेसिस्टेस्ट (एएमआर) भनने गरिन्छ ।
एन्टीबायोटिकलाई छालाको संक्रमणदेखि निमोनियाजस्ता ब्याक्टेरियल इन्फेक्सनमा प्रयोग हुने गर्दछ । यसलाई कहिलेकाहीँ उपचार भन्दा पहिले रोकथामका लागि पनि दिइन्छ । जस्तै, अपरेसन अघि वा क्यान्सरको उपचारका लागि किमोथेरापी गर्दा ।
एन्टीबायोटिकले भाइरल संक्रमणमा भने काम गर्दैन । तर अहिले केही ब्याक्टेरियाले एन्टीबायोटिकलाई छल्न सक्ने क्षमता विकास गरेका छन् । यसका लागि एन्टीबायोटिकको गलत प्रयोग र अत्यधिक प्रयोगलाई हानिकारक मानिदै आएको छ । त्यले गर्दा कोभिड– १९ को महामारी सुरु भयो सिटामोल, रुघा खोकीको औषधि अत्याधिक मात्रामा प्रयोग हुँदा यसले थप असर गरेको हुनसक्ने विज्ञहरुको भनाई रहेको छ ।