काठमाडौं । पर्साका सरकारी कार्यालयको विकास निर्माणमा लक्षित पुँजीगत खर्च गर्न असफल भएको छ ।
आवमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड रुपैँया पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रुपैँया रकम मात्रै खर्च भएको हो । चालु आव सकिन तीन महिनाभन्दा कम समय भएकोले विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि परेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।
पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा एक खर्ब ६१ रुपैँया राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड राजस्व सङ्कलन गरेका थिए ।