काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको सोयाबिनको तेल निर्यात भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख सात हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
नेपालबाट भएको कुल निर्यातमा सोयाबिन तेल तथा कच्चा पदार्थको हिस्सा मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको रहेको छ । साथै सो अवधिमा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ ।
