काठमाडौं । नेपाल विश्वको भन्दा भौतिक, प्राकृतिकले सुन्दरता भएतापनि खासै विकासले फड्को मार्न सकेको छैन । विश्वको देशहरुले नेपाललाई जति सुन्दरता देखेता पनि भौतिक अवस्था र सुन्दरीयतामा जति राम्रो भएतापनि जोखिमको अवस्था त्यत्तिकै छ । खासगरी नेपाल विश्वव्यापी विपद् जोखिमको हिसाबसँगै नेपाल उच्च स्थानमा रहेको देखिन्छ । नेपालमा खासगरी भूकम्प, आगलागी, बाढी, पहिरो र चट्याङ जस्ता विपद्को घटनाले ठूलो जनधनको क्षति बढ्दै गएको छ । विपद्को घटनाहुँदा खासगरी सरकार चनाखो भएको पाइँदैन । भूकम्पले गर्दा नेपालमा धेरै घरहरु भत्किए । धेरै घरहरु भत्किएका कारणले कतिपय मानिसहरुले ज्यान गुमाएका थिए । नेपालमा जोखिमको समस्या त्यत्तिकै छ ।
बाढी, पहिरो, आगलागी जस्ता घटनाले धेरै मानिसहरुको ज्यान जाने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले पनि त्यस्तो विषयमा ध्यान दिन सकेको छैन । २०७२ सालमा पु¥याएको भूकम्पले क्षति र त्यसपछिका पराकम्पले साढे १० लाखभन्दा बढी घरमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक भैसकेको छ । सात लाखभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएको र धेरै घरहरु भत्किँदा त्यसबाट आठ हजार सात सय ९० जनाको मृत्यु भएको थियो । २२ हजार तीन सय भन्दा बढी घाइते भएको विवरणमा उल्लेख छ । नेपालमा विपद्का घटना हुँदा हुने मानवीय क्षति भने न्युन रहेको छ । कमजोर संरचना (घर,भवन, पुल, सडक आदि) । यीनै संरचना कमजोरहुँदा धेरै भौतिक संरचनाहरु भत्किन पुगेको थियो ।
त्यसमा कतिपय मानिसहरु पुरिएर तथा थिचिएर धेरैको ज्यान गएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनले गरेको अध्ययनमा ९५ प्रतिशत भवन विभिन्न प्रकारका विपद्का दृष्टिले असुरक्षित रहेको बताएको थियो । विपद् व्यवस्थापनले त्यस्ता भवनहरुको अध्ययन गर्दा भवन बनेको स्थल, डिजाइन तथा प्रयोग गरिएको निर्माण सामग्री, बाढी, पहिरो, आगलागी र भूकम्प जस्ता विपद्को जोखिमलाई ध्यान नदिई निर्माण गरिएको देखाएको थियो । यस हिसाबले नेपालमा बनेको घरहरु ९४.५४ प्रतिशत भवन विभिन्न जोखिम विपद्को दृष्टिले असुरक्षित देखाएको छ । हालै मात्र ५.४६ प्रतिशत भवनहरु सुरक्षित रहेको अध्ययनले देखाएको छ । अध्ययनले असुरक्षित भवनमध्ये ८.८४ प्रतिशत मर्मत सम्हार गरेर बस्न मिल्ने, ९.३८ प्रतिशत घरको सामान्य प्रवलीकरण गरे हुने र ५०.२२ प्रतिशत घर मजबुत प्रवलीकरण गर्नुपर्ने अवस्थामा रहेको देखाएको छ ।
अझ भन्नुपर्दा ढुंगा र माटोले बनेका घरको संख्या अत्याधिक रहेका छन् । खोलाको ढुंगाले बनाएका घर, स–साना भूकम्प जाँदा पनि भत्किएको देखिन्छ । त्यसले गर्दा घर बनाउँदा जोखिम कम गर्न के–कस्तो सामाग्री, कसरी प्रयोग गर्ने भन्नेमा ध्यान पु¥र्याउन नसक्दा जमिनको अध्ययन र विश्लेषण नगरी घर बनाउदा पनि क्षति हुने गरेको पाइन्छ । भूकम्प मात्र नभई बाढी तथा पहिरोको जोखिम त्यत्तिकै रहेको छ । घर निर्माण गर्ने स्थलको अध्यान, अनुगमन गर्नुपर्ने जस्ता विषयलाई राष्ट्रिय जोखिम विपद् व्यवस्थापनले जनाएको छ । खाली जग्गा देख्ने वित्तिकै घर बनाउने भन्दापनि जमिन कस्तो छ, बाढी तथा पहिरो आउने सम्भावना कति छ, ति सबैको अध्ययन गरेर मात्र घर बनाउन विज्ञेको सुझाव लिएर घर बनाउनु पर्ने, घर बनाउँदा आगलागीलाई पनि ध्यान दिनुपर्ने । आगोले छिटो टिप्ने र सल्किने बस्तुको प्रयोग कम गनुपर्र्ने, घर निर्माण गर्दा यस्ता विषयलाई प्राथमिकतामा दिइँदैन ।
विगत केही वर्षयता नेपालमा घटेका विपद्का घटना र अध्ययन तथा अनुसन्धानले के देखाउँछ भने माटो र ढुंगाले बनेका घरहरु सुरक्षित नभएको बताइन्छ । विपद्का घटनाले गर्ने क्षति कम गर्ने उपाय भनेको तीन तहको सरकारमा अहिले सबैभन्दा बलियो स्थानीय सरकार नै हो । स्रोत र साधन, अधिकारको हिसाबले स्थानीय तह बलियो देखिन्छ । स्थानीय सरकारले चासोका साथ जनतासँग समन्वयगरी घर बनाउदा प्रभावकारी देखिन्छ । स्थानीय तहले एउटा घरलाई सुरक्षित बनाउन के–कस्तो र कति सहयोग गर्न सकिन्छ भन्ने योजना बनाएर लागू गर्न सक्छ । त्यसले गर्दा घर बनाउन प्रभाबकारी देखिन्छ । भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपद्बाट कसरी सुरक्षित बनाउने भन्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ । सुरक्षित घरहरु निर्माण गर्दा आवश्यक प्राविधिक सहायता लिनुपर्छ । आवश्यकता अनुसार एकीकृत बस्तीको निर्माण गर्नुपर्छ । कतिपय नेपालीहरुको त्यसप्रति ध्यान पुगेको छैन ।