अर्नाकोटमा बर्षौंदेखि खानेपानीको ठूलो समस्या

विविध समाचार

काठमाडौं । बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ ।

प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य छन् । निसीखोला गाउँपालिका– २ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ ।

खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो छ । खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि आयोजनाले पानीको प्यास मेटाउन सकेको छैन । अर्नाकोटमा बाह्रैमास खानेपानीको अभाव हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *