नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेर एकैदिन तोलामा साढे सात हजार रुपयाँले घट्यो

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे सात हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा एक लाख ९७ हजार नौ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।
जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा एक लाख ६३ हजार दुई सय ३५ रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *