काठमाडौं । विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै उनले त्यसको भत्र्सना गर्दै विरोध जनाएका हुन् । संविधान निर्माणसँगै समयमा नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेकोले ऐन जारी गर्नुपर्ने शिक्षकहरुको जायज मागलाई सम्बोधन नगरी दमनमा उत्रिनु उचित नभएको उनले जिकिर गरेका छन् ।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठ, सांसद रोशन कार्कीले शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन माग गर्दै घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।
आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप भएको थियो ।