काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्।
ट्रम्पले माइक वाल्ट्जले सम्हालिरहेको जिम्मेवारीबाट हटाउँदै रुबियोलाई जिम्मेवारी दिएका हुन् । वाल्ट्जले नयाँ सरकारको प्रारम्भिक एक सय दिनमै राष्ट्रपति ट्रम्पको विश्वास गुमाएका छन्। वाल्ट्ज अमेरिकी सेनाको विशेष इकाइ ‘ग्रिन बेरे कमान्डो’मा कार्यरत थिए र उनले तालिबानसँग अफगानिस्तानमा युद्ध लडेका थिए।
वाल्ट्जलाई ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि राजदूतको नयाँ जिम्मेवारी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै वाल्ट्जलाई राष्ट्रको हितका लागि कडा मेहनत गरेकोमा धन्यवाद दिएका छन् ।