श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री र सचिवको भाँडभैलो

राजनीति समाचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारी पटक–पटक श्रममन्त्री भए तापनि वैदेशिक रोजगारीमा हुने ठगीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । वैदेशिक रोजगार विभागमा संस्थागत गठीभन्दा पनि व्यक्तिगत ठगिको संख्या बढ्दै गएको छ । ठगी भएको विषयलाई लिएर वैदेशिक रोजगार विभागमा उजुरी दिन पीडितहरुको ताँती लाग्ने गरेको छ । सो उजुरीको विषयलाई लिएर विभागमा दिनप्रतिदिन झैंझगडा बढिरहेको छ । सरकारले यस्ता संस्थागत र व्यक्तिगत ठगीका मुद्दाहरुलाई छुट्टै नीतिनियम बनाएर लागु गर्न सकेको छैन । श्रममन्त्री भण्डारी भने विदेश भ्रमणमा जाने श्रम सम्झौता गर्ने, विदेश र नेपाली एजेन्डाबाट कमिसन खानमै व्यस्त रहेका छन् ।

मन्त्री भण्डारीले स्वदेश र विदेशका श्रम एजेन्टहरुसँग पंैसा मात्रै खाएका छैनन् । श्रमको नाममा हुने तालीम, गोष्ठी, सेमिनार र श्रम सम्झौनाको लागि विदेश जाने नाममा राज्यको सम्पत्ति हिनामिना गरिरहेका छन् । संस्थागत ठगीका घटनाहरुलाई पनि कारबाही गर्न सकेका छैनन्, व्यक्तिगत ठगीमा संलग्न व्यक्तिहरुलाई कसरी कारबाही गर्न सक्छन् । एकातिर खुलमखुला ढंगले व्यक्तिगत ठगी फस्टाई रहेको छ भने अर्कोतिर पीडितहरुको उजुरीका चाङ त्यत्तिकै बढिरहेका छन् । व्यक्तिगत ठगीउपरको उजुरीमाथि नीतिनियम बनाएर संलग्न व्यक्तिलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमार्फत् कारबाही गर्नुपर्नेमा त्यो नगरी पीडितहरु वैदेशिक रोजगार विभागमा धाउनुपर्ने वाध्यता त्यक्तिकै छ ।

वैदेशिक रोजगार विभाग धाउनुपर्दा उनीहरुको बाटो खर्च, खाना र बस्नको लागि पनि त्यत्तिकै खर्च हुने गरेको छ । एकातिर ठगीबाट पीडित हुनुपरेको छ भने अर्कोतिर न्याय पाउनको लागि फेरि पीडित हुनुपर्ने वाध्यता छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले त्यस्ता विषयमा ध्यान दिन सकेको छैन । पीडितलाई परेको यस्ता समस्याको समाधन गर्न छाडेर मन्त्री भण्डारी पटक–पटक जम्बो टोलीसहित श्रम सम्झौताको नाममा विदेश भ्रमण गरी राज्यको ढुकुटी दोहन गरिरहेका छन् । श्रममन्त्रालयभित्र हुने विकृति, विसंगति र भ्रष्टाचार त्यक्तिकै फस्टाएको छ ।

कतिपय श्रमिकहरुले समयमा उचित पारिश्रमिक नपाएको उजुरी श्रम विभागमा चाङ लागिरहेका छन् । उक्त उजुरीउपर निष्पक्ष छानविन हुन सकेको छैन । श्रम विभागमा सरकारी कार्यालयमा राखिएका करारका कर्मचारी र निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासाको उजुरीहरु त्यत्तिकै थुप्रियर बसेका छन् । उजुरीको चाङ थुप्रिएका छन् । साथै समयमा उनीहरुको सुनुवाइसमेत हुन सकेको छैन । त्यसले गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिनप्रतिदिन आलोचित बन्दै गएका छन् । मन्त्री भण्डारी ओलोचनाको पात्र मात्रै बनेका छैनन्, उनको भ्रष्ट नीतिले गर्दा ठगीका घटनाहरु त्यत्तिकै बढ्दै गएका छन् । अर्कोतर्फ श्रम सचिव रहेका छन् पुस्करहरि कर्ण ।

कर्ण पनि खान र खुवाउन माहिर खेलाडी हुन् । उनै कर्ण तत्कालीन वैदेशिक रोजगार विभागमा घुस मागेकै कारण कर्ण मल्लले चड्कन दिएका थिए । त्यसपछि कर्ण अख्तियर, अर्थमन्त्रालय, संघीयमन्त्रालय, पर्यटनमन्त्रालय जस्ता महत्वपूर्ण ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन् । उनी प्रायःजसो मधेसवादी दलका नेताहरुको इसारामा चल्ने गर्दछन् । कर्ण भारतीय नेताहरुको पनि विश्वास पात्र हुन् भनिन्छ । कर्ण गृह सचिव बन्नको लागि न्वारनदेखि बल निकालेर लाग्दा पनि सफल हुन सकेका छैनन् । कर्णको बानीले गर्दा श्रममन्त्री भण्डारीसँग टसल सुरु भएको छ ।

श्रम मन्त्री र सचिव दुवै भ्रष्ट भएका कारण झगडा सुरु भएको हो । वैदेशिक रोजगार विभागमा महानिर्देशक थिए सूर्य खत्री । सूर्य खत्रीको जागिरे अवधि यही वैशाख ९ गतेसम्म मात्रै थियो । तर, खत्रीलाई घर जानेबेलामा गत चैत अन्तिम साता मन्त्रालयमा तानेर भुसाल थरका सहसचिवलाई महानिर्देशक बनाएर पठाइएको थियो । तर, मन्त्री र सचिवको व्यवहारले गर्दा भुसाल विभागमा गएका छैनन् । श्रम सचिव कर्णकै कारण अन्य कर्मचारीहरु पनि रुष्ट बनेका छन् । त्यसैगरी वैदेशिक रोजगार विभागमा आफ्ना आसेपासेलाई सरुवा गरेर उठ्ती धन्दा चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *