सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरु

राजनीति समाचार

काठमाडौं । संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत गरेका थिए ।

दुबै सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *