नागढुंगा–नौविसे सडक खण्ड आजदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक रुपमा बन्द

विविध समाचार

काठमाडौं । नागढुंगा–नौविसे सडक खण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक रुपमा बन्द हुने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको हो ।

यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ । बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।

सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ । अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको नागढुंगा मुग्लिङ सडक डिभिजन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *