आईसीसी महिला टी-२० विश्वकप छनोटमा नेपालको पहिलो खेल हङकङसँग

खेलकुद समाचार

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइन रहेका छन् । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *