राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती, प्रयोगशालामा सीमित परीक्षण सेवा

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकट परेकोले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ ।

राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको हो । यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुने छ ।

बीमा सेवा प्रयोग गर्नुअघि सेवाग्राहीले सम्बन्धित सेवा बीमा भित्र पर्छ कि पर्दैन भन्ने स्पष्ट जानकारी लिएर मात्र सेवा लिन पनि प्रतिष्ठानले अनुरोध गरेको छ ।

बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *