काठमाडौं । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार दुई सय ७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम शुरु भएको छ ।
तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले दुई सय ५७ योजना अझै सम्झौताको क्रममा रहेको मन्त्रालयले जनाएको हो । रुकुम पश्चिममा एक सय ६४ योजना मध्ये एक सय १७ योजना सम्झौता भएको छ भने प्रदेश राजधानी सुर्खेतमा एक सय ६१ योजनामा एक सय २४ योजना सम्झौता भएका छन् ।
रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशत मात्रै भएकोले योजना कार्यान्वयनमा सबैभन्दा कमजोर देखिएको छ ।