काठमाडौं । गृह मन्त्रालयले सात जना डिआइजीको सरुवा गरेको छ ।
गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय गर्दै विभिन्न सात नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेका हुन् । आइतबार जारी गरेको विज्ञप्ती मार्फत् सुचना प्रकाशन गरेको छ ।
जसमा इश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय, उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी, धनुषा, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, डम्बर बहादुर विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र गोविन्द थपलिया केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।