काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत फेला परेकी प्रेशा शाहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
सभामुख घिमिरेले सोमबारको बैठकमा सांसदहरुले उठाएको यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारले घटनाको छानबिन गरि सम्बन्धितहरुसँग छलफल गर्न यस्तो निर्देशन दिएका हुन् । उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको बताउँदै उनले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सभामुख घिमिरेले आदेश दिएका छन् ।
उनले विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको सुरक्षाको विषयमा कार्य गर्न समेत निर्देशन दिएका छन् ।