मेट गालामा शाहरुख खानको डेभ्यु

मनोरञ्जन समाचार

काठमाडौं । बलिवुडका किङखान शाहरुख खान मेट गालामा डेभ्यु गरेका छन् ।

कार्यक्रममा शाहरुखका अलावा कियारा आडवाणी र दिलजीत दोसांझ पनि सहभागी थिए । शाहरुख खानले मेट गालामा आफ्नो पहिलो भव्य उपस्थिति जनाएका छन् । उनले ‘सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल’ विषयवस्तु अनुरूप सुनौलो गहनासँग जोडिएको कालो सब्यसाचीको सुटमा आकर्षक इन्ट्री गरेका थिए । शाहरुखले आफ्नो लुकलाई स्टाइलिश कालो सुट, ‘एसआरके’ र ‘के’ अक्षरहरू भएका दुईवटा हार, चारवटा औंठी, एउटा स्टाइलिश घडी र सुनौलो रंगको डिटेलिङ भएको लट्ठीसहित कालो चस्माले उनको लुकलाई अझ बढाएको थियो। शाहरुखले नीलो कार्पेटमा आफ्नो खुला हातले पोज दिएर प्रशंसकहरूको मन जितेका थिए ।

त्यस्तै मेट गालामा कियारा आडवाणी भारतीय डिजाइनर गौरव गुप्ताले लगाएको गाउनमा देखिएकी थिइन् । त्यसैगरी मेट गालामा दिलजीत दोसांझ महाराजा लुकमा पुगेका थिए । फेसन जगतको सबैभन्दा ठूलो कार्यक्रम मध्ये एक, मेट गाला, न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना भएको छ । यस कार्यक्रममा प्रियंका चोपडा र निक जोनस पनि सहभागी थिए ।

यो कार्यक्रम संग्रहालयको पोशाक संस्थानको लागि कोष जुटाउन आयोजना गरिएको हो । यस वर्षको मेट गालाको विषयवस्तु ‘सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *