‘चोक्टा खान गएको बुढी मासुको झोलमा नै डुबेर मरी’ भन्ने जनबोली आज सम्म पनि गाउँ घरमा प्रचलित छ । नेपाली जनताको पनि हालत अहिले त्यस्तै भईसकेको छ । दलहरुको उक्साईमा लागेर परपूर्व काल देखि नेपाली जनताको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रको संरक्षण गर्दै आएको राजतन्त्रको बिरोधमा लागेका दलहरूलाई सघाएका थिए । नङ र मासुको जस्तो संबन्ध भएको नेपाली जनता र राजतन्त्रको बिच फाटो ल्याउन दलहरुले एक मात्र होइन अनेक झुट बोलेका छन । त्यसैको प्रभावमा परी नेपाली जनताले राजतन्त्रको साथ छोडेर अपराधिक पृष्ठभूमिबाट आएका दलहरुलाई साथ सहयोग दिन राजी भएका थिए । जनभावना अनुसार चल्ने र सोही अनुसार नेपालमा राजपाठ चलाउँदै आएको राजाले जनभवनाको कदर गरी राज्य सत्ता अपराधिक मनोवृत्ति भएका दलका शीर्ष नेताहरुलाई सुम्पेका थिए ।
यसरी सत्ता हस्तान्तरण गर्दाको बखत राजा र दलहरुका बिच पाँच बुँदे लिखित भद्रसहमती भएको थियो तर त्यो सहमतीलाई अपराधिक मनोवृत्तीवाट प्रेरित दलका शीर्ष नेताहरुले अस्वीकार गरी राजालाई धोका दिने काम भयो । राजाले दलहरुको जस्तो आफ्नो स्वार्थ पुरा गर्ने निच कार्यको लागि तल्लो स्तरमा उत्रिएर निच हर्कत गर्न सक्ने कुरै भएन । राजाले धर्यता पूर्वक नेपाली जनतालाई लगभग १७ बर्ष सम्म यहि कुरा निरन्तर बुझाउने सम्झाउने कम गरी नै राखे । यहि अवधिमा दलहरुले नेपाली जनताको आँखामा लगाएको पट्टी बिस्तारै हट्यो र दलका नेताहरुले फैलाएको भ्रमबाट पनि मुक्त हुँदै गयो ।
आज आएर नेपाली जनताले बिगतमा दलहरुलाई राजनीतिक साथ दिएर ठुलो गल्ती भएको महसुस गरीराखेका छन् । राजा माथि दलहरुले लगाएका सबै आरोपहरु झुटा थिए भन्ने कुरा पनि नेपाली जनतालाई अनुभूति भएकोछ । राजाले केही नबोले पनि नेपाली जनताको साथ सहयोग कहिले नमागेको भएपनि नेपाली जनताको अन्तर्आत्माले राजा प्रति बिगतमा गलत भएको महसुस गर्दै राजालाई निसाफ दिलाउन तमतयार भएर नेपाली जनता मैदानमा उत्रीसकेका छन । राजाले आफ्नो पक्ष वा बचाउको लागि केही नबोलेको भएपनि फेरि नेपाली जनताको अभिभावक बनेर नेपाल राष्ट्रको संरक्षण गर्नको लागि हमेसाको झै तत्परता जनाएका छन् । दलहरुले नेपाली जनताको वेहाल तुल्याईसकेको कुरा राजालाई मात्र होइन संसारलाई नै जानकारी भईसकेको छ ।
नेपाली जनता झोलमा डुबेर मरेको हेर्न उत्सुकताको साथ दुर्विन लिएर बसेका दलका नेताहरुलाई एकाएक निरास तुल्याउँदै राजाले झोलमा डुबेर मर्न लागेका नेपाली जनतालाई बचाउने उद्घोष गरी नेपाली जनता सित हातेमालो गर्न मैदानमा उत्रिएका छन् । राजाको लोकप्रियता रात गुणा दिन चौगुणाको हिसाबले बृद्धि भईरहेको छ । यस्तो देखेपछि नेपाली जनतालाई भ्रमपारी भेडो बनाएर आआफ्नो स्वार्थहरु पुरा गरी बसेका दलका शीर्ष नेताहरु थर्कमान भएका छन् ।
रिसको झोकमा रबि, रबिन्द्र र दुर्गा जस्ता नेपाली जनताको लोकप्रिय नेताहरुलाई बिनाकारण राजनीतिक प्रतिशोध लिनको लागि जेल हालेका छन् । पुलिस प्रशासन देखि अड्डा अदालत सम्मलाई दलका शीर्ष नेताहरुले आफ्नो राजनीतिक प्रभावको प्रयोग गरी नेपाली जनताका लोकप्रिया युवा नेताहरुलाई दुःख दिने काममा प्रयोग गरेका छन् । जीवनको अन्तिम पडावमा पुगीसकेका दलका शीर्ष नेताहरु पाप धर्मको ख्याल नगरी भ्रष्टाचारमा लिप्त भएर सात पुस्तालाई पुग्ने गरी कमाउने धन्दालाई बढवा गरिरहेका छन् ।
यस्ता दलका शीर्ष नेताहरु देखि लाजलाई पनि लाज लाग्न थालेको कुराको चर्चा नेपाली जनताले चलाउन थालेका छन् । अहिले नेपाली जनता ठुलो आर्थिक संकटको दबाब झेली रहेका छन् भने चप्पल पड्काउँदै सहर छिरेका दलका शीर्ष नेताहरुले भने नेपालमा भ्रष्टाचार गरी कमाएको पैसा बिदेशमा लगी लगानी गरिरहेका छन । दलहरुले गाउँ सुन्य पारे भने अब सहरलाई पनि सुन्य पार्दै लगेका छन् । सहरमा इमान्दारी पूर्वक काम गरी पसिना बगाउँदै कमाएर खाने अवसरहरु छैन । सरकारी बजेटहरु दलका नेताहरु र उहाँहरुको झोले राजनीतिक कार्यकर्ताहरुले काम नै नगरी सिधै बाँडीचुँडी खाने गरेका छन् ।
दलहरुले नाम मात्रको अनेक सरकारी योजनाहरु बनाएर लागु गरेका छन् तर त्यो सबै जमिनमा कामै नगरी कागजात मिलाएर खाने मात्रै भएकाले जमिनमा भौतिक काम केही पनि हुने गरेका छैनन् । सार्वजनिक जंगल, जमिन र जललाई लिज ठेकामा लामो अवधिको लागि निजी क्षेत्रलाई दिएर त्यसबाट प्राप्त हुने सलामी शेयर कमिसनमा बदलेर दलका शीर्ष नेताहरुले गैरकानुनी लाभ उठाईरहेका छन । साथै नेपालको युवा जनशक्तिलाई पनि मैन पावर कंपनीहरु मार्फत बिदेशीको हातमा सस्तोमा दिने गर्दै आएका छन् ।
लाज पचेका दलका केही ठुला नेता नेतृहरुले मानव तस्करीको धन्दा समेत नेपालमा चलाएका छन् । यस्ता लाजघिन नभएका दलका नेताहरुले स्वार्थ समूहका व्यापारीहरु र व्यवसायीहरु सित मिलेर सुन तस्करी, मानव तस्करी, बिदेशीको दलाली गर्ने जस्ता गैरकानुनी धन्दाहरु नेपालमा चलाएका छन् । दलका शीर्ष नेताहरुले आफैलाई कानुन भन्दा माथि ठानेर आआफ्नो सुरुची अनुसारको नीति नियम बनाएर सरकारी घरजग्गाहरुको अपचलन गर्दै गराउँदै आएका छन् । नेपालमा स्वार्थ समूहमा भएका बाहेकले व्यापार व्यवसाय चलाएर गरी खान निकै नै कठिन छ । सरकारी कागजात मिलाउँदा मिलाउँदै व्यापार व्यवसाय गर्ने वा चलाउने समय नै पाउँदैन । नेपालमा स्वार्थ समूहको बाहेकले व्यापार व्यवसाय चलाएर गरी खानु भनेको फलामको चिउरा चपाएर खानु भन्दा कठिन हुन्छ ।
कति व्यापारीहरु र व्यवसायीहरुको त मुद्दा मामिला खेप्दाखेप्दै नोक्सानी व्यहोर्नु परेकाले कंगाल भएकाहरु पनि प्रशस्तै छन । हालै ट्रान्सपारेन्सी इन्टरनेश्नलले गरेको एक सर्भेक्षण अनुसार दक्षिण पूर्वी एशियाका १७ देश मद्धे सबै भन्दा भ्रष्ट देश नेपाल भएकोछ । भ्रष्टाचार नेपालमा यसरी हुने तर भ्रष्टाचारीहरुलाई जबाफदेही बनाउन नसकिने भएको हुँदा नेपालको राष्ट्रिय ऋण २७ खर्ब पुगे पनि सोअनुसारको भौतिक बिकास नेपालमा भएकोछैन । साथै १३ खर्ब बेरुजुले नेपालमा आर्थिक अनुशासन हुँदै नभएको कुरालाई पुष्टी गरेकोछ । नेपाल बिरुद्ध युरोपियन युनियनले उडान प्रतिबन्ध लगाएको पनि निकै बर्ष बितसक्यो । खोल्ने वा खुलाउने तिर नेपाल सरकारको प्रयास, ध्यान वा तयारी बिलकुलै भएको छैन ।
त्यसैगरी जी ७ राष्ट्रहरुको संस्था एफएटीएफको सिफारिसमा नेपाललाई जी ७ राष्ट्रहरुले ग्रेसूचिमा राखीसकेका छन । त्यो प्रतिबन्ध २ बर्षको लागि भएकाले उक्त तोकिएको समयमा नेपालले संपत्ती शुद्धिकरणको अवस्थामा सुधार गरी देखाउन नसकेको खण्डमा कालो सूचिमा नै पक्का पर्ने देखिन्छ । हालै अमेरिकी परियोजना एमसीसी अन्तर्गतको अनुदान सहायता रोकेर परियोजनालाई नै खारेज गर्ने निर्णय अमेरिकी राष्ट्रपति ट्रम्प लिएका छन् । युयसएआईडी अन्तर्गतको अन्य सबै अमेरिकी परियोजनाहरु पनि बन्द गरिएका छन् ।
यो संगै नेपाल राष्ट्र आर्थिक संकटको चपेटामा पर्दै गएको देखिन्छ भने दलका शीर्ष नेताहरुले नेपालमा गर्दै आएका भ्रष्टाचार काण्डहरु भने थामिएका छैनन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल राष्ट्रलाई ठगहरुको मुलुक पनि भनेका छन् । नेपालमा काम गरी खानलाई रोजगारी छैन । उद्योगहरुमा थप लगानी गरी चलाउनु पर्ने त्यसो नगरी निजीकरण गर्ने नयाँ घोषणा ओली सरकारले गरेकोछ । सरकारी क्षेत्र बलियो बनाउन सकेको भएपो निजी क्षेत्र पनि नियंत्रित र निर्देशित हुने थियो । सबै उद्योगहरुलाई निजीकरणमा लाने निर्णय ओली सरकारले गरेपनि त्यसमा हात हाल्ने निजी क्षेत्रका उद्यमीहरु नेपालमा कोही छैन ।
पहिले पहिले सरकारी जग्गाको दुरुपयोग गर्न पाईने भएकाले निजी क्षेत्रको उद्यमीहरु आकर्षित हुने गरेको थियो तर अब त्यस्तो अवस्था छैन । यताउता गर्न थालेमा पत्रकारहरुले फुकीहाल्छन अनि नेपाली जनताले पनि थुक्न थाल्छन । सायद अब ओली सरकारको निजीकरणलाई सकार्न कोही निजी उद्यमीहरु तयार हुने छैनन् । यस्तो अवस्था उत्पन्न भएको खण्डमा चम्केर उद्योगहरु निजीकरण गर्न गराउनमा लागेका मंत्री र निजामतीका हाकिमहरुले कमिसन खान नपाउँदा ट्वाँ पर्नेछन ।
एमाले पार्टीबाट नै काठमाण्डौ महानगर पालिकाको उपमेयर बनेका सुनिता डंगोलले एमालेको युवाभेलामा नै कनी कनी स्टन्टबाजीले देश चल्दैन भनेकी छिन । देश चलाउनलाई प्रणालीमा आधारित योजना र सुशासनले युक्त कार्यान्वयन चाहिन्छ भन्ने ज्ञान बाँडेकी छिन । यहि कुराको ज्ञान एमाले पार्टीका प्रधानमंत्री ओली सित भएको भए उहाँले नेपालको बिकासमा गरेको जस्तो स्टन्टबाजी धेरै पहिले नै रोकिने थियो । संसार भर नै संरक्षणवाद हाबी भएको वर्तमान अवस्थामा नेपालका राजनीतिक दलहरुले नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रको बिंडा थामी राख्न जरुरी छैन ।
अहिलेको अवस्था भनेको शक्ति सञ्चयको भएकाले हौशियर तुरन्तै उपयोगमा नआउने विकास पूर्वाधारहरु बनाउनमा लगानी गरी राख्नु जरुरी छैन । जति भाँडा उती चुपर्को भन्ने व्यवस्थापनको शिद्धान्त अनुसार बिकास पूर्वाधारहरु बनाईसके पछि त्यसले राष्ट्रको खर्च पनि बढाउँछ । अनावश्यक परियोजनाहरु बनेको छन भने त्यसबाट राष्ट्रको आम्दानी नबढेर खर्च मात्रै बढेर जान्छ जस्तो पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाएर नेपाल राष्ट्रले भोग्नु परीराखेको छ । त्यसैगरी जताततै बिना योजना बनाईएका कंक्रिटका टावारहरु ओली सरकारबाट भएगरिएका स्टन्टबाजीको उदाहरणको रुपमा खण्डहर बनेर उभिएका छन् ।
टाढाको कुरा के गर्नु राजधानीको मुटुमा नै सार्बजनिक जग्गा पुरानो बसपार्ककाई लामो लिजमा लिएर निजी व्यावसायीहरुले दशौ बर्ष लगाएर बनाउँदै गरेको काठमाण्डौ टावर पनि एमाले पार्टीको स्टन्टबाजी कै रुपमा खण्डहरु बनेर उभिएको छ । कानुन मिचेर गैरकानुनी तरिकाले बनाईएका यस्ता बिकास पूर्वाधारका संरचनाहरु राजनीतिक दलहरुको स्टन्टवाजी नै भएको हुँदा त्यो नेपाल राष्ट्रको हित हुने गरी ठोश योजना अनुसार बनेको वा बनाईएको छैन । वास्तवमा सत्य कुरा बोल्नु पर्दा दलहरु नेपालको बिकासको सन्दर्भमा अराजक नै छन ।
उहाँहरुको ठोश योजना बिहिन स्टन्टबाजीले नेपाल राष्ट्रको राष्ट्रिय ऋण र वेरुजु खर्च बढाएर नेपाल राष्ट्रलाई बिघटनको मार्गमा धेरै अगाडि बढाइसकेका छन् । अबको बेला भनेको अनुशासित भएर गोजी अनुसार खर्च गर्ने हो । घाँटी हेरी हाड निल्ने नगरेमा त्यो हाड नै घाँटीमा अड्किएर मरिने वा मारिने संभावन हुन्छ । आआफ्नो सुरुची अनुसार चलेको र मुलुक हाँक्दै आएका दलका शीर्ष नेताहरु त अब कहिले पनि सुध्रिनेवाला छैन । जीवनको अन्तिम पडावमा प्रवेश गरीसकेका दलका नेताहरु आफ्नो सुरक्षाको लागि जसरी हुन्छ लोभी ब्रह्मणले झै महाभ्रष्टाचारी बनेर नै भएपनि आआफ्नो बैंक व्यालेन्स बढाउन तिर लागेका छन् । त्यसकारण नेपाली जनताको लागि नेपाल राष्ट्रलाई जोगाएर नेपाली जनताको पनि हित गर्न सक्ने राजनीतिक व्यवस्था र त्यसलाई स्थायी रुपमा हाँक्न सक्ने नेता चाहिएको छ । त्यो सन्तुलित, स्थायी र बिचको बटो बन्न सक्ने राजनीतिक व्यवस्था भनेको राजतन्त्र नै हो ।
संघियता र गणतन्त्र देखियो र भगियो पनि त्यसैले अब नेपाली जनताको सुन्दर र उज्वल भविष्यको लागि त्यो बिदेशीले प्रयोजित गरेको गैरमौलिक राजनीतिक व्यवस्थाको अब नेपालमा जरुरी छैन । नेपालको मौलिक राजनीतिक व्यवस्था भने २४० बर्ष देखि चल्दै आएको राजतन्त्र नै हो । पापयुक्त नास्तिकताले अब नेपाल राष्ट्र अगाडि बढ्दैन त्यसैले नेपालको लागि वैदिक सनातनी हिन्दूधर्म नै चाहिन्छ । शाह बंशिय राजाहरुले नेपाल राष्ट्रको स्थापना त गर्यो तर बिचबिचमा कहिले राणा जाहानीय शासकहरु र कहिले दलहरुले हस्तक्षेप गरी राजालाई कठपुती बनाएर नेपालमा शासन सत्ता चलाउँदै आएका छन् । अबको बेला भनेको त्यो सबै हस्तक्षेपकारीहरुलाई परास्त पारी नेपालमा राम राज्यको स्थापन गर्नु नै हो जसको लागि नेपालका राजा र नेपाली जनता तयार भएका छन् ।