नेप्सेका अध्यक्ष समेत रहेका शोभाकान्त पौडेल सचिवमा बढुवा

अर्थ/वाणिज्य विविध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष समेत रहेका शोभाकान्त पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ।

बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए।
उनले लामो समय अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा समेत कार्यरत रहेका छन् । त्यस्तै उनीसँग भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *