महिला टी–२० विश्वकप छनोटमा जित्न्नैपर्ने दबाबका बिच नेपालले आज बहराइनविरुद्ध खेल्दै

खेलकुद विविध

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ ।

नेपालले आज बहराइनसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा शुरु हुनेछ ।नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नै पर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ । कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ‘ए’ मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् । एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *