भारतले बंगलादेशबाट आयात हुने केही बस्तुमा लगायो बन्दरगाह प्रतिबन्ध

विविध समाचार

काठमाडौं । भारतले बंगलादेशबाट हुने केही बस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि रोक लगाइको भारतीय उद्योग तथा बाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको जानकारी दिएको छ । जसअनुसार, बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरमका बन्दरगाह र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन । यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ ।

डीजीएफटीका अनुसार बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा यी बन्दरगाह प्रतिबन्ध लागू हुँदैन् । तर यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुने छैन । भारत सरकारले यो कदम बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क र आयात निरीक्षणजस्ता प्रतिबन्धको जवाफमा उठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *