काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मजदुरको मृत्यु भएको विषय संसद्मा उठेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काभ्रेबाटै निर्वाचित माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले यो विषय उठाएका हुन् ।
काभ्रेमा विद्युत प्राधिकरणको गैर जिम्मेवारीले पोलमा मजदुर चढेको बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या गरेको संज्ञा दिँदै सांसदहरुले घटनाको छानबिन र ज्यान मार्ने कसुरमा मुद्दा चलाइयोस् भनि प्रतिनिधिसभाको बैठकमा यस्तो माग राखेका हुन् ।
काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार ज्यान गएको थियो ।