सरकारप्रति जनताको आशा र भरोसा मर्दै गएको सांसद गौतमको तर्क

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले सरकार र संसद् दुबै राम्रो लयमा चल्न नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार पनि सरकार जसरी चल्न नसकेको र सदनमा जनताको समस्याहरु प्रतिबिम्बित हुन नसकेको बताएका हुन् । अब राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाउँमा पुराउन सकिने उनले बताए। उनले राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने जिकिर गरे ।

उनले न्यायपालिका प्रति पनि जनताको आशा र भरोसा मर्दै गएको आफूले अनुभूत गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *