भारतलाई निःशुल्क शालिग्राम दिएकोमा सांसद गौतमको आपत्ति

विविध समाचार

काठमाडौं । सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार उनले राष्ट्रियसभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिमा यस्तो बताएका हुन् । शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी गर्न सकिने भएकोले चीनले यसबाट फाइदा लिएको छ तर नेपालमा त्यसको ठिक उल्टो भएको उल्लेख गरेका छन् ।

२०७९ माघ ११ गते सरकारले काली गण्डकी नदीको शालिग्राम भारतलाई दिइएको थियो । सो शालिग्राम नेपाली कांग्रेस र माओवादी नेतृत्वको सरकारले फ्रीमा भारतलाई दिइएको प्रति सांसद गौतमले त्यसप्रति आपत्ति जताएका थिए । सोही क्रममा सभापति कमला पन्तले शालिग्राम कसरी बनाउन सकिन्छ भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा उनले शालिग्राम बनाउन अध्ययन गरिनुपर्ने जवाफ दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *