जुम्लाको पातारासीमा मार्सीधानको खेती सुरु,विश्वको उच्च स्थानमा फल्ने 

विविध समाचार

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु भएको छ ।

जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी विश्वको उच्च स्थानमा फल्ने मार्सीधानको रोपाइँ सुरु गरेको हो । समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लागि रहेका छन् ।

कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा स्वदेशी तथा विदेशीको रोजाइमा पर्ने मार्सीधानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको छ । जिल्लामा दुई हजार आठ सय हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *