काठमाडौं । अमेरिकामा रहेका भेनेजुएलीलाई डिपोर्ट प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ ।
यसअघि क्यालिफोर्नियाका न्यायाधीशले गत महिना वैधता सकिएकालाई टेम्पोररी प्रोटेक्सन स्ट्याट्स (टिपिएस) मार्फत अमेरिकामा नै राख्न सर्कुलर गरेपछि निर्णय भएको हो । अमेरिकामा अहिले तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट गर्ने प्रक्रिया ट्रम्पलाई अदालतले नै अनुमति दिएको छ ।
ट्रम्पले सन् २०२५ को अप्रिलमा नै टिपिएस अन्तरगत रहनेका वैद्य अस्तित्व समाप्त गर्न चाहेका थिए । जबकि उनीहरू भने सन् २०२६ सम्म यसलाई लम्ब्याउन चाहेका थिए ।
आफ्नो देशमा युद्ध र प्राकृतिक विपत्ति लगायत अवस्थाका कारण बस्न नसकिने अवस्था भएमा टिपिएस लागु गरिने छ ।