आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको ‘सुपर थ्री’मा नेपाललाई १५९ रनको लक्ष्य

खेलकुद विविध समाचार

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको हो । थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले ५०/५० रन बनाएका थिए । त्यसैगरीअफिसरा सुवानचोनराथीले २९ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिएका थिए ।

नेपाल र थाइल्याण्ड दुबै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् । यस खेलको विजेताले एशिया छनौटको विजेताको तय गर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *