नेपालको विद्युत भारतलाई निर्यात, गत वर्षदेखि आयात गरेको भन्दा निर्यात गरेको परिमाण

कर्पोरेट विविध समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत शनिबारदेखि निर्यात गर्न शुरु गरेको छ ।

केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शनिबार राति दुई सय मेगावाट विद्युत भारतमा निर्यात भएकोमा त्यसपछिका दिनमा एक सय ५० मेगावाटभन्दा बढी निर्यात गर्न थालेको हो । नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको छ । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।

गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *