निजी क्षेत्रपनि आयोडिनयुक्त नूनको कारोबारमा हुने संलग्न,अब साल्ट ट्रेडिङले पनि समितिमा निवेदन दिनुपर्ने

अर्थ/वाणिज्य कर्पोरेट विविध

काठमाडौं । सरकारले आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई पनि दिने भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनसँग मात्रै निहित रहेको नूनको कारोबार अब सबैलाई खुला हुने निर्णय गत महिना बसेको मन्त्रिपरिपरिषद् बैठकले गरेको हो। आयोडिनयुक्त नून उत्पादन तथा बिक्री–वितरणं ऐन, २०५५ आगामी साउन १ गतेदेखि कार्यान्वयन गर्ने गरी वैशाख २२ गते राजपत्रमा सूचना नै जारी भइसकेको छ। नयाँ ऐन कार्यान्वयनमा आएसँगै निजी उद्योगीले पनि आयोडिन नुनको आपूर्ति तथा कारोबार गर्न पाउने छन्। यो ऐनमा नुन कारोबार गर्न इच्छुक सबैलाई अनुमति दिन सक्ने व्यवस्था छ।

अब साल्ट ट्रेडिङले पनि समितिमा निवेदन दिनुपर्ने छ। त्यस्तै दफा ७ मा दरखास्तवाला आयोडिनयुक्त नुनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री गर्न उचित देखेमा समितिले तोकिएबमोजिमको ढाँचामा दरखास्तवालालाई अनुमतिपत्र दिने उल्लेख छ। आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री गर्न चाहने व्यक्ति वा संस्थाले यो ऐनबमोजिम अनुमति प्राप्त गर्नुपर्ने छ ।

ऐनमा आयोडिनयुक्त नुनको कारोबार गर्न अनुमति प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले स्वास्थ्य सचिव नेतृत्वको समितिमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *