कर्मचारी नेताहरुले फनीर्चरको पैसा नतिर्दा व्यवसायीको रुवाबासी 

Featured राजनीति समाचार

काठमाडौं । मोहन घिमिरे,जीवन भण्डारी,भोला पोखरेलदेखि आरसी अधिकारीहरुको वचनमा विश्वास गर्दा एक व्यवसायी प्रताडीत हुन पुगेका छन् । जसरी उपेन्द्र यादवका पार्टीमा प्रदीप यादवहरुको विश्वासमा पर्दा लाखौं रकम नउठेर पुर्पुरोमा हात राख्न विवश छन्,उस्तै गरी कर्मचारी नेताहरुको भरोसा गर्दा तीन बर्षसम्म भुक्तानी नपाएपछि आजित छन्,एक व्यवसायी ।

उनी हुन,जया फर्निचरका मालिक भुवन तुलाधर । सरकारी कार्यालयमा कार्पेट,गलैचा र फर्निसिङ्गका काम गर्दै आएका तुलाधरलाई तिर्नुपर्ने लाखौं रकम एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरुले नर्तिदा उनी आजित भएका हुन,यस्ता हैरानी उपेन्द्र यादवको पार्टीको पार्टीबाट अलग भएको अशोक राईका नेता कार्यकर्ताबाट पनि भोगेकै थिए । राजधानीको बिजुलीबजारस्थित कृष्ण टावरमा उनको कार्यालय छ । मोहन,भोलाहरुसँग पूरानै चिनजान हो उनको । जब एमाले निकट नेपाल निजामती कर्मचारी संघठनबाट एउटा समूह चोइटियो । त्यसको नेतृत्व गरे,अधिकृत मोहन घिमिरेले ।

उनी पानी बढूवा हुनु अगाडिकै कुरा,अर्थात तीन बर्ष अगाडि समाजवादी उपत्यका विशेष कमिटी र निजामती इलाकाका नेताहरूले पार्टी विभाजनपछि कार्यालय सञ्चालनका लागि भन्दै फर्निचर सामाग्रीहरु मागे । भोला,आरसी,जीवन र मोहनहरुले भनेअनुसार ०७८ सालमा विभिन्न फर्निचर सामग्रीहरु दिए । जस अनुसार, कार्पेट ५७५ ५७ वर्गफिट ४० का दरले २२ हजार २४४ रुपैयाँ, २ बाइ ४ को टेबल सात थान ११०० को दरले ७७,००० एलसेट टेबल १००२५, ८७५ नेट मिडियम कालो कुर्ची सात थानलाई ९ हजार ६ सय का दरले ५७ हजार २ सय, पर्दा २१ पिस ९५० का दरले १९ हजार ९५० रुपैयाँ गरी दुई लाख १२ हजार २ सय ५८ रुपैंयाको विल उठ्यो ।

तर,हातले दिएर खुट्टालाई दुख भनेझैं यो तीन बर्षको बीचमा सयौं पटक ती नेताहरुलाई भेट,फोनमा ताकेता गरे तर भुक्तानी भएन । तुलाधर भन्छन्,“उनीहरूले नेताको नाममा सामान मगाए, हतारमा तिर्ने भने, तर तीन वर्ष पुग्दा पनि पैसा दिँदैनन् । भुक्तानीका लागि पटक पटक ताकेता गर्दा कहिले बैंक खाताबाट तिर्नेछौँ भनेर पन्छिन्,कहिले पार्टीले नबुझाउँदा ढिलो भयो भन्दै तर्कने गरेकोमा पीडा पोख्छन् । तुलाधरले गहभरी आँशु पारेर भने“व्यापार ग¥यो भने पैसा आउँछ भन्ने सामान्य मान्यता हो तर यत्रा ठूला नेताहरूको नाममा सामान बेच्दा त झनै फसेको छु ।‘

उनले राजनीतिक पहुँच र हैसियतको नाममा व्यवसायी शोषण भइरहेको समेत गुनासो गरेको छन् । पछिल्लो समय कर्मचारी संगठनका नेताहरु खुलेआम कर्मचारी सरुवा धन्दामा लागेको आरोप लगाउँदै माधव नेपालको भाञ्जे ज्वाई शरण गुरुङ्ग स्वतन्त्र संगठनको नाममा क्रियाकलाप गरिरहेका छन् । यसरी व्यवसायीलाई हत्तु बनाउने मोहन घिमिरे उपसचिवमा बढूवा भइसकेका छन् । उनी वातावरण शाखामा बसेर देश विदेश घुम्नमा व्यस्त छन् । आरसी र भोलाहरु पूरानै घर फर्किएका छन् भने त्यहाँ उनीहरुको गोजीका पात्रलाई अध्यक्ष बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *