नेपाली मुस्लिम हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी मन्त्री यादवद्वारा बिदाई

विविध समाचार

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली मुस्लिम हज यात्रीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने मक्कामा हज (विशेष प्रकारको नमाज प्रार्थना) गर्न नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनी साउदी अरब पुग्ने भएकाले विमानस्थलमै पुगेर मन्त्री यादवले बिदाइ गरेका हुन् । उनले फूल, माला र खादा लगाएर हज यात्रीलाई बिदाइ गर्नुका साथै धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना दिएका छन् ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हज यात्रीहरू जाने गर्छन् ।
देशभर रहेका मुस्लिम नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्छन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *