गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन आजदेखि शुरु, जेठ २४ सम्म पाँच हजार भक्तजनको अपेक्षा

जीवन दर्शन समाचार

काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन आजदेखि शुरु भएको छ ।

यही जेठ १३ गते मंगलबारदेखि जेठ २४ गते एकादशीसम्म गोसाइँकुण्डमा मेला शुरु हुन लागेकोले भक्तजनहरु आउन थालेका हुन् । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा गोसाइँकुण्ड क्षेत्र विकास समितिले राखेको छ ।

जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा शुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ । यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा रहेका छन् ।

धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गर्दछन्। विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *