काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.सुरेन्द्र केसी आफैं मण्डले पाराका हुन् । सुरेन्द्र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला उपकुलपति खानाको लागि जसलाई प्रयोग गरे, त्यो अर्थ भएन । आज तिनैले देशको शासकीय स्वरूपको एजेण्डामाथि प्रहार गर्दैछन् । मण्डले स्वभावका सुरेन्द्र कसको सेवा गर्दै आएका छन्, त्यो अत्तो–पत्तो छैन जबकि डा केसीले बोल्नको लागि को कस्तो हैसियत भनेर हेर्दैनन् । टेलिभिजनमा सहयात्रीलाई धम्क्याउँदा, उनी चुपचाप बस्छन् ।
यस्ता व्यक्तिले बेलाबखतमा बोल्छन् । सुरेन्द्रको लागि यो देशको सांसदमा डा अमरेश कुमार सिंह, नक्कली डा सुनिल शर्मा, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही नै देशका सपुत हुन् । डा.सुरेन्द्र केसी दरबारले त्रिविको कुलपति बनाउँछ भन्दै कुनै बेला जनधारणा नामको पाकिस्तानी एजेन्टको कार्यालयमा धाउँथे । आज डा.केसीको बारेमा बोल्दा सडकमा केसीहरू डुक्रन्छन् । यिनका कुरा सुन्ने को ?
जसले मूल्यांकन जे गर्छ त्यो गम्भीर होइन । मौका पर्दा डा.केसी तिनकै कार्यकर्ता भए पुग्छ । तर स्वतन्त्र हुँ भन्ने होइन, मेडिकल माफियाले के भने, ज्ञानेन्द्र शाही र राजेन्द्रले के भने त्यो समेत तिनको विगतका बारेमा पत्ता नलगाउने यी कस्ता प्रोफेसर भएका हुन् ?
