कैलाली भन्सार कार्यालयको काम आज ठप्प, प्रमुखमाथि कुटपिट गर्ने समूहलाई कानूनी कारबाहीको माग

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुखमाथि कुटपिट गरेको आरोपमा भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।

कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानून अनुसार कारबाही गर्न माग गर्दै भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको हो । तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो ।

शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग पहिलो चरणको विरोध स्वरुप काम ठप्प पारिएकोले माग सम्बोधन नभए अझै कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *