काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा पाँच राजनीतिक दलनिकट कर्मचारी युनियनहरुले सिईओ अशोक कुमार पौडेलविरुद्ध आन्दोलन गरिरहेका छन् । (केयुकेएल)का सीईओ अशोक कुमार पौडेलको राजीनामा माग गर्दै कर्मचारी युनियनहरुले आन्दोलन गरेका हुन् । सिईओ पौडेल आन्दोलनकारी कर्मचारी आउनुभन्दा पहिला नै आएर हाजिर गरी टाप कस्ने गरेका छन् भने आन्दोलनकारी कर्मचारीहरु सीइओ पौडेलको कार्यकक्ष घेराउ गर्दै आएका छन् । सोही विषयलाई लिएर (केयुकेएल)को सञ्चालक समितिले सीईओ पौडेलविरुद्ध छानविन समिति बनाएको छ । सो छानविन समितिको संयोजक रहेका छन् खानेपानी तथा सरसफाइमन्त्रालयका सह–सचिव रमाकान्त दुवाडी ।
त्यसैगरी सदस्य रहेका काठमाडौं महानगरपालिकाका वसन्त आचार्य र महालक्ष्मी नगरपालिका ललितपुरका प्रतिनिधि । तीन सदस्यीय छानविन समिति बनेको छ । सो छानविन समितिले सिईओ पौडेलविरुद्धको जागिरको निर्धारण गर्नेछ । कर्मचारीहरुले लगाएको आरोपको सहित छानविन समितिले पारदर्शीता सहित सिइओको जागिर निर्धारण गर्ने भएको छ । सो छानविनले कस्तो निष्कर्ष निकाल्छ त्यो एकिन छैन ।
सिईओ पौडेलविरुद्ध विगत लामो समयदेखि कर्मचारी युनियनहरुले राजीनामा माग्दै आएका थिए । आन्दोलनकारी कर्मचारीहरुले महिनामा तीन लाखभन्दा बढी तलब सुविधा लिने तर केयुकेएलभित्रको काम नगर्ने सिईओ हामीलाई चाहिँदैन भन्दै उनको राजीनामा माग गरिरहेका छन् । सिईओ पौडेलले भने राजीनामा पनि नदिने र कर्मचारीहरुको माग पनि पुरा नगर्ने मनस्थितिमा पुगेको उच्च स्र्रोतको भनाइ छ । यतिबेला केयुकेएलका सीईओ पौडेलको जागिर छानविन समितिको हातमा पुगेको छ । केयुकेएलमा कर्मचारी युनियन र सिइओ पौडेलबीच भाडभैलो भइरहँदा खानेपानी तथा सरसफाइमन्त्री प्रदीय यदाव मुकदर्शक भएर बसिरहेका छन् । केयुकेएलमा विगत एक वर्षदेखि सिईओ पौडेल र कर्मचारी युनियनबीच घम्साघम्सी चलिरहँदा मन्त्री यादवले समस्या समाधान गर्नतिर ध्यान दिएका छैनन् । एकातिर बजेट अभाव अर्कोतिर कर्मचारीहरुको आन्दोलनले गर्दा केयुकेएल धरासायी बन्दै गएको छ ।