काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका हुन् । उनले सामाजिक सञ्जालमा ‘जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी,हिन्दू, बुद्ध, किराँत, सहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने, राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्नको साथै संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषदको अन्त्य गर्न ।’ जस्ता मागहरु उल्लेख गरेका छन् ।