नेपाल प्रहरीले आज दुई रुटमा नि:शुल्क बस सञ्चालन गर्दै

विविध समाचार

काठमाडौं । यातायात व्यवसायीले सार्बजनिक यातायात बन्द गरेपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रहरीले दुई रुटमा नि:शुल्क बस सञ्चालन गर्ने जानकारी दिएको छ । जस अनुसार पहिलो रुटमा नयाँ बसपार्कदेखि कलंकी सातदोबाटो लगनखेल हुदै थापाथली, पुतलिसडक, नक्साल टिचिङ अस्पताल हुदै फेरी नयाँ बसपार्क पुग्ने छ ।

त्यसैगरी दोस्रो रुटमा एयरपोर्टबाट कोटेश्वर ठिमी सुर्यविनायकबाट फर्केर फेरी कोटेश्वर हुँदै चाबहिल सुकेधारा, टिचिङ अस्पताल हुँदै बालुवाटार, नक्साल, रातोपुल, गौशाला हुँदै फेरी एयरपोर्ट पुग्ने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *