प्रतिनिधि सभाको बैठक सम्भावित कार्यसूची अनुसार मंगलबार बस्दै, साथै शोक प्रस्ताव पनि समावेश गरिने

राजनीति वाग्मती प्रदेश समाचार

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने तय भएको छ।

मंगलबारको बैठकमा महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू तथा शोक प्रस्ताव समावेश गरिन लागेको हो। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेभएका छन्।भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धमा प्रतिनिधि सभाबाट भएका संशोधनहरूमाथि छलफल गर्नुपर्ने प्रस्ताव र संशोधनहरूलाई सहमति दिनुपर्ने प्रस्ताव पेश गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *