सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीको धर्ना

विविध समाचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीले धर्ना दिई रहेका छन् ।

सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् ।

उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेर धर्ना दिई रहेका छन् । साथै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *