भिजिट भिसा प्रकरण बाहिरीएसँगै त्रिभुवन विमानस्थलले थप कडाईका साथ निगरानी गर्दा ६ सयभन्दा बढी फर्किए

विविध समाचार

काठमाडौं । भिजिट भिसा प्रकरण बाहिरीएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप कडाईका साथ निगरानी गर्दा ६ सय ६६ जनालाई फर्काएको छ ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि
पछिल्लो दश दिनको अवधिमा सबैभन्दा धेरै यूएई जान खोज्नेहरुलाई फर्काइएको कार्यालयले जनाएको हो ।

त्यसमा भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको अवधि भएको पासपोर्ट, दुईतर्फी टिकट, भिसा, सम्बन्धित देशको मुद्रा सटही (कम्तीमा ५ सय डलर), भ्रमण अवधिभर बस्ने होटल बुकिङको प्रमाणपत्र वा होटलमा नबसी आफन्तसँग बस्ने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने लगायतका नियम रहेको छ ।

भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएको पाइएपछि मन्त्री लेखक पनि विवादमा तानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *