प्रेस सेन्टर नेपालमा पत्रकार भन्दा गैरपत्रकार पुरस्कारमा हाबी

राजनीति समाचार

काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालले स्थापना गरेको पुरस्कार अब सेन्टरका संस्थापक नेताका श्रीमती, भान्जाभान्जी र छोराछोरीलाई दिए हुने भएको छ । किनकि अब लेखकले पुरस्कार पाउन छाडेका छन् । सेन्टरको नाममा पत्रकारिता भन्दा बाहिरका माओवादी नेतृत्वको तिखो आलोचना गर्नाले कृष्णसेन स्मृति पुरस्कार पाएपछि अब प्रेस सेन्टर पत्रकारिताको संकीर्ण घेरामा मात्र नबस्ने भएको छ । सेन्टरका संस्थापकहरुले सरकारले दिने नियुक्ति र पुरस्कार पनि पत्रकारिता पेशामा क्रियाशील र सक्रिय पत्रकार छनांैट गर्दैन माओवादीले । उनहिरुको लागि ऐन फेरिन्छ । अरुलाई सिफारिस पनि गर्दैनन् । सँधै निष्ठा त्याग र पेशागत समर्पणका धनी स्व. कृष्णसेन इच्छुकको नाम भजाएर आफ्नो क्षमता देखाएका नेताहरु भाग पुगेपछि मात्र खुला हुन थालेका हुन् । यसपालि सेन्टरका पुरस्कार कहाँ छ ।

सेन्टरका पुरस्कार लेखक नरेन्द्रजंग पिटर बेपत्ता परिवार सदस्य, रुवी श्रेष्ठ, मिनविकलाई दिनुले नै सेन्टरलाई खुकुलो बनाएको छ । पत्रकार महासंघको चुनावमा आफैभित्र एता नहुँदा मतदाताको साथ भएपनि सेन्टरले अपेक्षाकृत रुपमा धक्का दिएको होइन । त्यो संगठनबाट नियुक्ति खानेलाई कुनै योग्यता जरुरी हुँदैन । उनीहरु यो देशको कानून ऐन नियमभन्दा माथि हुन्छन् । जसरी अहिले प्रधानमन्त्री केपी ओली र दुई तिहाईको राज देशमा छ ।

सरकारका कमाण्डर प्रधानमन्त्रीको चित्त बुझ्यो भने एमालेका नेता महेश बस्नेत कांग्रेसका सांसद शंकर भण्डारीहरु प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर प्रमुख बन्न सक्छन् भन्ने कुरा नेपाल राष्ट्र बैंकले ऐन लत्याएर कांग्रेसको टिकट लिएर चितवन क्षेत्र नं. १ मा चुनाव लडेर पराजित भएका विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाइएको छ । प्रेस सेन्टरको पुरस्कार छनोट गरेका नाम मधेश प्रदेश बाहेक त्यस्तै हो । पिटरको पत्रकारिता के हो उनी पत्रकार महासंघको सदस्य छन् कि छैनन् ? श्रेष्ठको लेखन धरातल के हो, जनयुद्धमा पहिलो श्रीमान बेपत्ता नै पत्रकारिताको योग्यता बन्यो ।

पत्रकारबिच लोकप्रिय भएको भए गठबन्धनको भोट आउनुपर्ने हो । सेन्टरबाट नियुक्ति खाने महासंघमा निर्वाचति हुनेहरु पत्रकार सम्बन्धी गोष्ठी छलफलमा सहभागिले पाउने धेरथोर पारिश्रमिक आफु एक्लै हजम गर्ने पौरखीहरु भएको कुरा धादिङ र नुवाकोट तिरका चौतारी निकट पत्रकारहरुलाई सोधे छर्लंग हुन्छ । सेन्टर खुकुलो हुनु पत्रकारको नाममा विज्ञापन एजेन्सी चलाउने अध्यक्ष हुनु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *