पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणले वाम एकताको संकेत, प्रधानमन्त्री ओलीलाई दुई छिमेकीको तँगारो

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको वर्षदिन पुग्न लाग्दा पनि छिमेकी मुलुक भारतले पत्याएको अवस्था छैन । भारत प्रधामन्त्री ओलीसँग रुष्ट बनिरहँदा उत्तरी छिमेकी मुलुक चीनले पनि पछिल्लो समय उनलाई त्यति विश्वास गरेको पाइँदैन । दुई छिमेकी मुलुकले विश्वास नगरे तापनि राष्ट्र र राष्ट्रियताको लागि प्रधानमन्त्री ओली अडिक रहेका छन् । प्रधानमन्त्री ओली राष्ट्र र राष्ट्रियताप्रति टसमस नभएपछि छिमेकी मुलुक भारतले औपचारिक भ्रमणमासमेत बोलाएको छैन । उता, अर्को छिमेकी मुलुक चीनले पनि प्रधानमन्त्री ओलीलाई त्यति रुचाएको पाइँदैन ।

कम्युनिस्ट मुलुक चीनले नेपालका कम्युनिस्ट नेताहरु केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई समेत विश्वास गरेको पाइँदैन । त्यसैकारण पूर्वराष्ट्र विद्यादेवी भण्डारीलाई नेपालको कम्युनिस्ट नेताको रुपमा चीन भ्रमणमा बोलाइएको थियो । चीनको औपचारिक निमन्त्रापछि चीन भ्रमणमा जानुभएकी भण्डारी दश दिने भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । भण्डारीको राष्ट्रपति कार्यकालपछिको यो पहिलो चीन भ्रमण हो । पूर्वराष्ट्रपति भण्डारीलाई चीनले नेपालका वामपन्थीहरुलाई एकठाउँमा उभ्याउन सक्ने नेतृत्वको रुपमा लिएको छ । तर, अब भण्डारीको काँधमा नेपालका वामपन्थीहरुलाई एक ठाउँमा उभ्याउनुपर्ने जिम्मेवारी थपिएको छ ।

त्योसँगै एमालेका कार्यकर्ताहरुले पार्टीमा पूर्वराष्ट्रपति भण्डारीको खाँचो महसुस गरिरहेका छन् । यदि पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा आउने हो भने नेपालमा वाम एकताको सम्भावना त्यत्तिकै छ । त्योसँगै पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्वमा आएको खण्डमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र अन्य साना वामपन्थी दलहरु पनि एक ठाउँमा आउने देखिन्छ । कम्युनिस्ट मुलुक चीनको दश दिने भ्रमण सकेर स्वदेश फकिर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ त्यो एकिन भइसकेको छैन । यदि भण्डारी तत्काल एमाले राजनीतिमा सक्रिय हुने हो भने पार्टीको अर्ली महाधिवेशन हुने र त्यसको नेतृत्व गर्ने सम्भावना त्यत्तिकै बढेर गएको छ ।

एकले अर्काको अस्तित्व नस्वीकार्ने परिपाटीले छिन्नभिन्न भएका कम्युनिस्ट पार्टीहरुमा भण्डारीको आगमनले एकताको सन्देश जाने देखिन्छ । त्यसले गर्दा पनि नेपालमा वाम एकताको आवश्यकता रहेको छ । यदि नेपालमा वापन्थीहरु एकजुट हुने हो भने स्थिर सरकार बन्ने र देश र जनता समृद्ध हुँदै जाने देखिन्छ । यदि चीनको चाहनाअनुसार नेपालमा वाम एकता भएको खण्डमा नेपाली कांग्रेस र अन्य विभिन्न नाममा उदाएका पार्टीको अवस्था नाजुक हुने देखिन्छ । पूर्वराष्ट्रपति भण्डारी दशदिने चीन भ्रमण सकेर स्वदेस फर्किएपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *