संसदको अवरोध बारे विपक्षी दलहरुसँग छलफलमा प्रचण्ड

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठक संचालन हुने विषयमा आज पनि अन्योल देखिएको छ ।

आज अपराहन्न १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनको अवरोध जारी राखेपछि बैठक बस्न नसकेको हो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका हुन् । यस अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले विहिबार संसद्को अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाको मागमा लचक भएको अन्य विपक्षीले आरोप लगाइरहेका छन् । माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको एक कांग्रेस नेताले बताए ।

तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *