कांग्रेसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयलाई ‘नो प्लाष्टिक जोन’ कार्यान्वयनमा

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो प्लाष्टिक जोन) बनाउने भएको छ ।

कांग्रेसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयहरू र भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने भएको हो ।

मातहतका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउन कांग्रेसले सबै निकायलाई परिपत्र नै गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत् वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीतिअनुसार ‘नो प्लाष्टिक जोन’ लाई कार्यान्वयन गर्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *