सञ्चारकर्मी पाठकविरुद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी, जयवीरको सम्पत्तिमा प्रश्न उठाएको विषयमा सामग्री प्रसारण

विविध समाचार

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको हो । कांग्रेस सभापति र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएको विषयमा पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *