काठमाडौं । वीरगञ्जको भन्सार कार्यालयले छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान प्रहरीले बरामद गरेको हो । वीरगञ्ज महानगर बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार पाँच सय मूल्यको कपडा बरामद गरेको छ । प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर एक्सप्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्रले वीरगञ्ज महानगर– १० तथा १६ बाट विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ ।
मंगलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनी गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर २२ यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।