सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक निष्कर्षविहीन हुँदा संसदको बैठक अन्योलमा

राजनीति समाचार

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसदको बैठक अन्योलमा परेको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।
सत्तापक्षसँगको छलफल अघि प्रतिपक्षी दलहरुको अलग्गै बैठक बसेर रास्वपाले राखेको पाँच बुँदे प्रस्ताव ग्रहण गरेको थियो । साथै सोही प्रस्तावमा सत्ता पक्षलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको थियो ।

सभामुखसहितको छलफल भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा रहेका छन् । कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *