काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको जारी २४ औँ महाधिवेशनमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
निर्वाचन कमिटीले दुई सय तीन जना पदका लागि पाँच सय २१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
महाधिवेशनबाट ९ जना पदाधिकारी, ४० जना सचिवालय सदस्य, १०२ जना केन्द्रीय कमिटी सदस्य, ५२ जना केन्द्रीय आयोगका लागि ५२१ जनाले उम्मेदवारी दिएका हुन् । अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ । निर्वाचनको आवश्यक प्रक्रिया पुरा भएपछि मतदान प्रक्रिया अघि बढ्नेछ र आज नै नतिजा आउनेछ ।