‘फरक दल फरक झण्डा दलहरुको देश लुट्ने धन्दा’ । सामाजिक सञ्जालमा अति भाईरल भईरहेको यो वाक्य गाउँ खाने उखान झै लाग्छ । तर यो कुनै गाउँघरमा प्रचलित सामान्य गाउँ खाने उखानको टुक्का भने होइन । न यो एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले सुनाउने गरेको उखानको टुक्का नै हो । नेपालको निर्वाचन आयोगमा दर्ता भएका तीन ठुला राजनीतिक दलहरु एमाले, नेपाली काँग्रेस र एमाओवादी फरक राजनीतिक दलहरु हुन ।
उक्त दलहरुको फरक चुनाव चिन्हहरु र फरक झण्डाहरु नेपालको निर्वाचन आयोगमा दर्ता भएका छन् । नेपालको सन्दर्भमा यसरी निर्वाचन आयोगमा एउटा राजनीतिक उद्देश्य भएको पार्टी दर्ता गरी त्यसलाई राजनीतिको व्यापार व्यवसाय जसरी नै चलाउने चलन चलेको छ । यस्तो राजनीतिक उद्देश्य परिपूर्ति गर्नको लागि एमाले, नेपाली काँग्रेस वा एमाओवादी जस्तो ब्राण्ड नाम प्रयोग भएका छन् ।
नेपालमा यस्ता राजनीतिक दलहरु १२० भन्दा बढीको संख्यामा दर्ता भएका छन् । त्यस मद्धे केही दर्ता भएरपनि चलेको छैन होला तर १०० को हाराहारीमा त्यस्ता दर्ता भएका राजनीतिक दलहरु नेपालको राजनीतिमा सक्रिय रहेका छन् । दर्ता भएको नेपालका राजनीतिक दलहरुले सहुलियत र सरकारी आर्थिक सहायता पनि पाउने भएकाले फरक राजनीतिक शिद्धान्त भएका समूहले फरक राजनीतिक दल दर्ता गरी चलाउन सक्छन । नेपालको लोकतन्त्रलाई बलियो बनाउने लक्ष भएकाले नै नेपालको संविधान २०७२ मा यस प्रकारको सरकारी आर्थिक सहायता र सहुलियत दिने व्यवस्था राखिएको हो । तर उक्त दर्ता भएका नेपालका राजनीतिक दलहरुले अहिलेको जसरी नेपाल राष्ट्रलाई लुट्न पाउने व्यावस्था भने उक्त संविधानमा छैन । ‘मह काढ्नेले हात चाट्छ’ भन्ने जनउखान नेपालको गाउँघरमा प्रचलित छ । नेपाल सरकार बनाएर चलाउने राजनीतिक दलहरुको सन्दर्भमा यो प्रसंग लागु हुन्छ । नेपाल राष्ट्रमा अहिले सम्म नेपाल सरकार बनाउने र चलाउनेमा तीन ठुला दलहरुको नै एकाधिकार चल्दै आएको छ ।
तीन दलहरु एमाले, नेपाली काँग्रेस र एमाओवादी दलहरुले सत्ता गठबन्धनको पटक पटक फेरबेदल गरी संविधान अनुसारको नेपाल सरकार बनाउन चाहिने साँसदहरुको गन्ती पुरा गरी पुरानो सरकार ढाल्ने र नयाँ सरकार बनाउने कसरत गर्दै आएका छन् । यहि तीन ठुला दलका नेताहरुले आपसमा साँठगाँठ गरी गठबन्धनको समिकरण बदलेर पालै पालो सत्ता परिवर्तन गरी नेपाल सरकार बनाएर नेपाल राष्ट्रलाई चलाउने काम गर्दै आएका छन् ।
उहाँ तीन ठुला दलहरुको शीर्ष नेताहरुको मुख हेर्दा खेरी नै नेपाली जनतालाई एलर्जी हुन थालको छ । सत्तामा पुगेर त्यहाँ बसेर ठोश राम्रो काम केही नगर्ने अनि राष्ट्रको आर्थिक स्रोत साधनहरुको भने खुबै दोहन गरेकोगरेकै गर्ने भएपछि नेपाली जनताले उक्त तीन ठुला दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्डलाई दिलै देखि घृणा गर्न थालेका छन । यति पटक उती पटक नेपालको प्रधानमंत्री भएको मात्रै भनेर के गर्ने तिनीहरुलाई चिनाउने एउटा पनि ठोश नीति वा बिकासको काम गरी उहाँहरुले हहिले सम्म नेपाली जनतालाई उदाहरणको रुपमा देखाउन सकेकाछैनन् ।
पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन आधिकारी ९ कहिनाको लागि मात्रै नेपालको प्रधानमंत्री भएकाथिए । उहाँले ९ महिना सम्म आफ्नो नेतृत्वमा एमालेको अल्पमतको नेपाल सरकार बनाएर चलाउनु भएको थियो । उहाँको उक्त छोटो कार्यकालमा आएको बृद्ध भत्ता दिने नीति र आफ्नो गाउँ आफै बनाउने बिकास नीति अहिले सम्म पनि अकाट्य बनेर नेपालमा लागु भई नै रहेका छन् ।
स्थानिय तहमा सिधै बिकास बजेट पठाउने नीति पनि पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन अधिकारीले नै लागु गरेका हुन । त्यो बेलाको नेपालको अर्थतन्त्र अनुसार त्यस्तो बजेटको आकार सानो थियो भने अब त्यो बढेर करोड अर्ब नाघीसकेको छ । त्यहि नीतिको बलमा अहिले सम्म नेपाली जनताले एमालेलाई पत्याईराखेको हो । अहिले उक्त तीन दलका शीर्ष नेताहरुले बिदेशी बैंकमा आफ्नो बैंक व्यालेन्स राम्रो बनाएका छन् । उहाँहरुले लुकाउने गरेपनि सञ्चार माध्यमबाट उहाँहरुले बिदेशमा गरेको लगानीको बारेमा समचारहरुले प्रकाशित गरिरहेका छन् । दुर्गा प्रसाई जस्ता राष्ट्रवादी देशभक्त नेताले शीर्ष नेताहरुले बिदेशमा गरेको लगानी र बिदेशी बैंकहरुमा लुकाएर राखेका पैसा बारे प्रमाणहरु संकलन गरी सार्वजनिक गरिरहेका छन् । कति नेपाली जनताले यो कुरा पत्याएका छन् भने कतिलाई पत्याउन नै गाह्रो परिरहेको छ ।
तीन ठुला दलहरुका टाउके नेताहरुले नेपाल राष्ट्रबाट लुट्दै बिदेशी बैंकहरुमा राखेको र बिदेशमा गरेको लगानीको पैसा नेपाल राष्ट्रमा भ्रष्टाचार गरी जुगाड गरेको कालो धन भएको हुँदा हुण्डी मार्फत बिदेशमा पार गरेका हुन । कतिपय परियोजनाहरु दिलाईदिए वापत शीर्ष नेताहरुलाई प्राप्त भएको कमिसन पनि बिदेशीका दलालहरुले सिधै संबन्धित दलका शीर्ष नेताहरुको नाममा बिदेशी बैंकहरुमा खाता खोली हालीदिने पनि गरेका छन् । भ्रष्टाचार र अपराध संसारमा जहाँ पनि हुन्छ तर जुन स्केलमा नेपालमा भ्रष्टाचार र अपराध भईरहेको छ त्यो वास्तवमा ने चिन्ताजनक छ । नेपाल राष्ट्रको ऋण २७ खर्व पुर्याउने पनि बाहुबली ओली सरकार नै हो । ओली सरकारले नै सुशासनको कुरा गरी गरी भ्रष्टहरुको मुखै नहेर्ने भनीभनी नेपाली जनतालाई थाङ्नामा सुताएर वेरुजु १३ खर्ब नघाएका हुन ।
ओली सरकारले संधै मुखमा राम राम जप्ने गरेको छ भने कर्मले राष्ट्रको ऋण बढाउने र वेरुजू बढाउने गर्दै आएको छ । ओली सरकारको सुशासन अब प्रहसन बनीसकेको अवस्था छ । चिन्ताको कुरा के छ भने यति धेरे राष्ट्रिय ऋण र वेरुजुले गर्दा नेपाल राष्ट्र आर्थिक संकटको द्वारबाट गुज्रीसकेको अवस्था छ । यसको परिणाम भनेको बिदेशीको ऋणको पाँसोमा परी नेपाल राष्ट्रको अस्तित्वलाई पनि संकट बढाएर मुलुकलाई बिघटनको मार्गमा अगाडि बढाउनु नै हुनेछ । नेपाली जनताले अब नेपाली राजनीतिको यो स्टेजमा आएर राजतन्त्रको महत्वलाई बुझेका छन । संघियता र गणतन्त्रको राष्ट्रपतीय संस्था प्रति नेपाली जनताको अब रत्तीभर पनि बिश्वस छैन ।
दलहरुले अप्रत्यक्ष रुपमा दलका नेताहरु मद्धेबाटै चुनेको राष्ट्रपतिले नेपाल राष्ट्रको अस्तित्वको रक्षा गरी नेपाल राष्ट्रकलाई बिघटन हुनबाट जोगाउन सक्ने कुरामा नेपाली जनतालाई रत्तीभरको पनि बिश्वास छैन । राजसंस्थाको तुलनामा राष्ट्रपतिय संस्था कुनै पनि द्रष्टिकोणले बराबरी छैन । त्यसैले नेपाली जनताले संघियता र गणतन्त्रलाई खारेज गरी त्यसको ठाउँमा हमेसा स्थायी रहने राजतंत्रिय संस्थाले प्रतिस्थापन गर्नु पर्ने माग गरिरहेका छन । राजनीतक दलहरु नेपाली जनताको यस्तो मागलाई नबुझेर भिडन्तको वातावरण बनाउनको लागि उद्दत भएका छन् । जहाँ सम्म नेपाली आम जनताको सवाल छ नेपाली जनता इतिहासिक राजतन्त्र र वैदिक सनातनी हिन्दूधर्मलाई शान्तिपूर्ण तरिकाले पुनरस्थापित गर्न चाहेका छन् ।
दलहरु भ्रष्ट र तिनका नेताहरु महाभ्रष्ट भएको हुँदा नेपाली जनताले यस्तै उस्तै अवस्थामा दलहरुलाई स्वीकार गर्न सक्दैन । यदि सुध्रिएर बदलिएर दलहरु आउन चहान्छन भने दलहरुले अपनाएको जस्तो निषेधको मार्ग नेपाली जनताले कहिले पनि अपनाउने छैन । दलहरुले नेपालको राजनीतिलाई सन्तुलन गर्दै आएको राजावादी र राष्ट्रवादी शक्तिलाई नेपालको राजनीतिबाट निषेध गरी अगाडि बढेको हुँदा नेपाल राष्ट्रले चाहेको र आवश्यक भएको राजनीतिक स्थायित्व पनि कहिले प्राप्त गर्ने सकेन । यो दलहरुको ठुलो राजनीतिक अदुरदर्शिता हो जसले गर्दा दलहरुले नेपाली जनताको घोर राजनीतिक बिरोध खेपी राख्नु परेकोछ ।
साथै नेपालमा राजनीतिक स्थायित्व पनि दलहरुले ल्याउन असफल भएका छन् । चेक मेट गर्न सक्ने राजनीतिक संयन्त्र बिचमा नभएकाले दलका नेताहरु स्वईच्छाचारी भएर वेढंगले सत्ता चलाउँदा नेपालको राजकिय सत्तालाई उचित ढंगले सम्हाल्ने क्षमता गुमाएका छन् । दलहरु नेपालमा संकिर्न राजनीति गरिरहेका छन् । दलहरु भनेको लोकतन्त्रलाई बलियो बनाउनको लागि हो तर लोकतन्त्र दलहरुको लागि होइन त्यो नेपाली जनताको लागि हो ।
लोकतन्त्रलाई महत्व नदिएर दलतन्त्र वा नेतातन्त्रलाई बढवा दिने दलहरुको राजनीतिक नेतृत्व वास्तवमा संकिर्न हो । राजतन्त्रको इतिहास नेपालमा २४० बर्ष लामो छ भने संघियता र गणतन्त्रले दुई दशक पनि पुरा गरेको छैन । दलहरुले पनि ७ दशक संघर्ष गर्दा गर्दै बिताएपछि कालन्तरमा नेपाल राष्ट्रको स्वतन्त्र नेतृत्व गर्ने अवसर पाएको हो । यस्तो सुनौलो अवसरलाई दलहरुले इतिहासिक नबनाएर भ्रष्टाचारमय बनाईदिए जुन दलहरुको ठुलो भुल हो र नेपालको इतिहासले दलहरुलाई यस्तो अपराधको लागि कहिले पनि माफी दिनेवाला छैन ।
राजतन्त्रको बिरोध गरी सत्तामा आएका दलहरुले कमसेकम राजतन्त्रले भन्दा राम्रो काम गरी देखाउनु पर्ने हो । तर दलहरुले त्यसो गर्न सकेन र उल्टै भ्रष्टाचारलाई बढवा दिएर अगाडि बढेकाले दलहरुको अहिलेको अवस्था भनेको नघर नघाटको हुने देखिएको छ । दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड जति पटक नेपालको प्रधानमंत्री बने पनि काम छैन किनकि उहाँहरुले पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन अधिकारीको जस्तो योगदान गरी आफ्नो कार्यकाल छोटो भएपनि अविष्मरणीय तुल्याउन सकेका छैनन् ।

