शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राजनीति विविध समाचार

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको हो । सो विधेयक ल्याएसँगै स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित सरकारले स्वास्थ्य जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
साथै सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *